काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल ३ सय १७ कम्पनीको एक करोड ३२ लाख ४१ हजार २ सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार पोखरा फाइनान्सको भएको छ । यस कम्पनीको २४ करोड ६४ लाख ७१ हजार ५ सय ९४ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा जानकी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।