×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको सुझावः ‘बजेटमार्फत नेप्सेको पुनर्संरचना गरियोस्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्सेको सुझावः ‘बजेटमार्फत नेप्सेको पुनर्संरचना गरियोस्’

Artha Sarokar

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सरकारलाई नेप्सेको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि सुझाव पेश गर्दै नेप्सेले स्वयम् आफ्नो पुनर्संरचना आवश्यक रहेको औँल्याएको हो । 

सेयर बजार सुधारका लागि सरकारले सेयर बजारका नियामक निकायसँग माग गरेको सुझावमा नेप्सेले आफ्नो पुनर्संरचनाको विषयलाई मूल सुझावका रुपमा पेश गरेको छ । 

त्यस्तै, बजेटमा नेप्सेको प्राथमिक सेयर (आईपीओ) जारी गर्नुपर्ने पनि सुझाव दिइएको छ । नेप्सेको पुनर्संरचना र आईपीओ जारी गर्ने विषयमा अर्थमन्त्री वर्षमान पुन सकारात्मक रहेको बुझिएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी