काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले खराब कर्जालाई समेत असल देखाएर बदमासी गरेको खुलासा भएको छ । बैंकको बदमासीलाई पुष्टी गर्दै नियामक राष्ट्र बैंकले कारवाही गरेपछि बैंकभित्र यस्तो गलत धन्दा सतहमा आएको हो ।
नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा गरेको सुपरिवेक्षणका क्रममा बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी प्रतितपत्र अन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रोमिसनरी नोट जारी गरी बेनिफिसियरीबाट बैंकले कुल रु.४१.३६ करोड रुपैयाँ बराबरको बिल खरिद गरी कर्जा सापटीमा देखाएको र सो प्रतितपत्रको म्याचुरिटी मिति बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत्र मसान्तसम्म एभरग्रिन गरी असल कर्जाकै रुपमा देखाएको तथ्य फेला पारेको थियो । यो काम नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन विपरीत कार्य भएको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथि कारवाही भएको हो ।
अर्थ सरोकारमा प्रकाशित 'प्रिमियम स्टोरी' बाहेक सबै समाचार सामाग्री नि:शुल्क पढ्न पाइन्छ । तर, प्रिमियम स्टोरी पढ्न भने स्टोरीमा पढ्न उल्लेखित रकम तिर्नुपर्छ । स्टोरी लिंकमा उल्ल्खित रकम सोहि एउटा समाचार पढ्नका लागि मात्र हो । सुरुमा प्रिमियम युजरका रुपमा सदस्य बनी उल्लेखित रकम तिरेर आफुले रोजेको समाचार पढ्न सक्नुहुनेछ । सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्