काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले खराब कर्जालाई समेत असल देखाएर बदमासी गरेको खुलासा भएको छ । बैंकको बदमासीलाई पुष्टी गर्दै नियामक राष्ट्र बैंकले कारवाही गरेपछि बैंकभित्र यस्तो गलत धन्दा सतहमा आएको हो ।
नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा गरेको सुपरिवेक्षणका क्रममा बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी प्रतितपत्र अन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रोमिसनरी नोट जारी गरी बेनिफिसियरीबाट बैंकले कुल रु.४१.३६ करोड रुपैयाँ बराबरको बिल खरिद गरी कर्जा सापटीमा देखाएको र सो प्रतितपत्रको म्याचुरिटी मिति बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत्र मसान्तसम्म एभरग्रिन गरी असल कर्जाकै रुपमा देखाएको तथ्य फेला पारेको थियो । यो काम नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन विपरीत कार्य भएको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथि कारवाही भएको हो ।
साथै बैंकले जारी गरेको आधार दरमै समेत कैफियत देखिएको भन्दै बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको छ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. १५ (३) (१) बमोजिम आधार दर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्व वापतको खर्चलाई समेत समावेश गरी प्रचलित व्यवस्थाविपरीत आधार दर गणना गरेको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा कारवाहीमा परेको हो ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगाले पूँजीकोष गणना गर्दा केही कर्जाहरूको जोखिम भारित सम्पत्तिलाई कम देखाई पूँजीकोष गणना गरेकोसमेत राष्ट्र बैंकको निष्कर्ष छ । नेपाल इन्भेष्टमेन्ट मेगाले सो गलत काम गरेको फेला परेपछि राष्ट्र बैंकले राष्ट्र बैंकको प्रचलित व्यवस्थालाई टेकेर कारवाही गरेको छ ।
स्मरण रहोस्, पछिल्लो समय विभिन्न प्रकरणमा विवादमा आइरहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा सञ्चालकहरुको योग्यतामाथि प्रश्न उठेपछि अदालतले बैंकको चुनाव नै रोकिदिएको छ । अहिले सो सम्बन्धी मुद्दासमेत विचाराधीन छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्