काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । मंगलबार ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचीअनुसार संघीय संसदका सबै सदस्यलाई दिउँसो २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थित भइसक्न पनि भनिएको छ ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै प्रस्तुत नीति तथा कार्यक्रममाथि जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुनेछ । छलफलको अन्तिम दिन भने नीति तथा कार्यक्रम पारित गरिनेछ । नीति तथा कार्यक्रम पारित भएसँगै जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१ ८२ को बजेट प्रस्तुत गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्