काठमाडौँ । सुनजस्तो पहेँलो धातु देखाएर ठगी गर्ने एकजना पक्राउ परेका छन् । मोरङको उर्लाबारीका ३० वर्षीय सञ्चित शर्मा पक्राउ परेका हुन् ।
शर्मालाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनले दमकको हाटबजार क्षेत्रमा महिला र ज्येष्ठ नागरिकलाई पहेँलो धातु देखार सुन हो भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । उनले ‘पहेँलो छ, सुन त हो नि’ भन्दै नागरिकहरुलाई झुक्याउने गरेको पनि पाइएको छ ।
प्रहरीका अनुसार शर्माले आफूसँग भएको पहेँलो धातुसँग सुनका गहना सट्टापट्टा गर्ने गरेका थिए । यसरी सट्टापट्टा गरिएको धातु नक्कली भन्ने थाहा पाएपछि स्थानीयहरुले दिएको उजुरीका आधारमा शर्मालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शर्माको साथबाट प्रहरीले ५६.३१० ग्राम पहेँलो धातुसमेत बरामद गरेको छ ।
हाल पक्राउ परेका शर्मालाई म्याद थपका लागि कानूनी प्रक्रिया अघि बढाउनुका साथै उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्