×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीले बजेट भाषण नगर्दै प्रधानमन्त्रीले चुहाइदिए बजेटमा ल्याउन लागेको व्यवस्था, बजेट बनाउनेहरु नै ट्वाँ !

PRIME CA
GLOBAL IME BANK

अर्थमन्त्रीले बजेट भाषण नगर्दै प्रधानमन्त्रीले चुहाइदिए बजेटमा ल्याउन लागेको व्यवस्था, बजेट बनाउनेहरु नै ट्वाँ !

२४ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विद्युतीय सवारीमा करको दर हेरफेर नगर्ने प्रतिबद्धता जनाएर बजेटको सिद्धान्तलाई नै लोप्पा खुवाईदिएका छन् । सोमबार नेपाल भ्रमणमा आएका बीवाइडी एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ सेउलियाङसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले विद्युतीय सवारीका करका दर हेरफेर नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

यस्तो कामलाई सेयर बजारमा भित्री कारोबार भनिन्छ भने बजेटकै विषयमा पनि ‘अनैतिक’ मानिन्छ । बजेटमा कस्तो व्यवस्था आउँछ भन्ने तथ्य बाहिर आएपछि खेलाडीहरुले चलखेल गर्छन् । यसअघि पनि बजेटमा हुन लागेका व्यवस्थाबारे थाहा पाएर धेरै व्यापारीहरुले चलखेल गरेका थिए ।
कुनै पनि बस्तु आयातमा कर बढ्ने तयारी लिक भएको अवस्थामा व्यापारीहरुले सो समान सुरुमा नै किनेर राख्छन् र पछि महँगोमा बेच्छन् । सम्बन्धित बस्तु आयातमा कर घट्ने भयो भने तत्काल नकिनी राख्छन् र पछि कर घटेपछि किन्छन् । व्यापारीहरुले करका दर बारे सूचना लिएर राज्यलाई हानी हुने र आफु मोटाउनेगरी काम गरिरहेका छन् भन्ने आरोप लागिरहेका बेला प्रधानमन्त्री स्वयम् नै त्यस्तो काममा लागेको पाइएको छ ।

लिऊसँग उनले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगसँगै इकोसिस्टम तयार गर्न आवश्यक रहेको बताएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: