Skip to content
LAXMI SUNRISE BANK

जसपाले साथ छोडेपछि चौथो पटक विश्वासको मत लिँदै प्रचण्ड

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिने लागेको हुन् । 

प्रधानमन्त्री प्रचण्डले पहिलो पटक पुष २६ गते विश्वासको मत लिएका थिए । त्यसपछि चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका थिए ।

सत्ता साझेदार दल जसपाले बैशाख ३१ गते सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो । 

समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिन लागेका हुन् । 

विश्वासको मत लिनका लागि जेठ ७ गते विश्वाको मत लिने कार्यसूची राखिदिनका लागि प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK