काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदमा विश्वासको मत मागेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षको विरोधकैबीच प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन् ।
प्रधानमन्त्रीले विश्वासको मत माग्दै गर्दा नेपाली कांग्रेसका सांसदले संसदमा नाराबाजी गरिरहेका थिए ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नाबारे छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै विरोध गरिरहेको छ ।