×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसको अवरोधकैबीच प्रधानमन्त्रीले पाए विश्वासको मत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कांग्रेसको अवरोधकैबीच प्रधानमन्त्रीले पाए विश्वासको मत

Artha Sarokar

७ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमार्फत प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् ।

विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा कुल १ सय ५७ जनाले मत दिएका छन् भने विपक्षमा १ जनाले मत हालेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संसदमा नेपाली कांग्रेसको चर्को नाराबाजीकैबीच विश्वासको मत लिएका हुन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नाबारे छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसदमा अवरोध कायम राखेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी