×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीसँग बैंकमा २५ लाख, भरतपुरमा १५ कठ्ठा जग्गा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रधानमन्त्रीसँग बैंकमा २५ लाख, भरतपुरमा १५ कठ्ठा जग्गा

८ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

प्रचण्डले सार्वजनिक गरेको विवरण अनुसार उनको नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ र पाँच तोला सुन रहेको छ ।

त्यस्तै, अचल सम्पत्तिको रुपमा उनकी पत्नी स्व.सीता दाहालको नाममा भरतपुर महानगरपालिकामा १५ कठ्ठा जग्गा र घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त जग्गा पैतृक सम्पत्ति भएको प्रधानमन्त्री प्रचण्डले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: