×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिपक्षले संसदमा सहकारीबारे रविको जवाफ सुन्ने !

PRIME CA
GLOBAL IME BANK

प्रतिपक्षले संसदमा सहकारीबारे रविको जवाफ सुन्ने !

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको संयुक्त बैठकले रविलाई संसदमा बोल्न दिने निर्णय गरेको हो ।

उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जवाफ चित्त बुझे संसदको अवरोध अन्त्य गर्दै आगामी कार्यसूचीमा अगाडि बढ्ने पनि विपक्षी दलले सहमति गरेका छन् ।

तर, गृहमन्त्रीको जवाफ चित्त नबुझे सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने बटमलाइनसहित अवरोध कायम रहनेछ ।

रविको जवाफ चित्त नबुझे विपक्षी दलले गर्ने विरोधका कारण जेठ ७ गते (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने कार्यसूची प्रभावित हुनेछ । जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्रीले चौथो पटक जेठ ७ गते विश्वासको मत लिने कार्यसूची रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: