×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गगन थापालाई रविको जवाफ- ‘तपाई चाहिने मान्छे हो, राजनीति छोड्नु पर्दैन’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गगन थापालाई रविको जवाफ- ‘तपाई चाहिने मान्छे हो, राजनीति छोड्नु पर्दैन’

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राजनीति छोड्नु नपर्ने भन्दै जवाफ दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रविले गगन थापालाई यस्तो जवाफ दिएका हुन् । 

उनले गगन थापा जत्तिको मान्छे नेपाली राजनीतिलाई चाहिने भन्दै सहकारी ठगी प्रकरणमा आफूविरुद्ध प्रमाण नभेटे पनि राजनीति छोड्नुनपर्ने भन्दै जवाफ फर्काएका हुन् ।

केही दिनअघि गगन थापाले रविले निवेदन नै दिएर सहकारीबाट ऋण लिएको प्रमाण आफूसँग भएको दाबी गर्दा रवि लामिछानेले प्रमाण पेश गर्न र प्रमाणित भए आफूले राजनीति छोड्ने र नभए गगन थापालाई राजनीति छोड्न चुनौति दिएका थिए । सो पश्चात सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गगन थापाले पनि रविको चुनौती स्वीकार गरेका थिए ।  

पछिल्लो लामो समयदेखि नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: