काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष नेत्र विक्रम चन्द ‘विप्लव’ गर्मी छल्नका लागि त्रिशुली नदीमा र्याफि्टङ गर्न पुगेका छन् ।
विप्लव र उनको टीमले बेनिघाटदेखि खटौटीसम्म करिब तीन घण्टा र्याफ्टिङमा बिताएको त्रिशुली रिभर साइड रिसोर्टका सञ्चालक उद्धव कँडेलले बताए । र्याफ्टिङका क्रममा उनले प्याडल गेमका साथ क्लिफ जम्प समेत गरेका थिए ।
विप्लवले निकै रुचिपूर्वक र्याफ्टिङ गरेको कँडेल बताउँछन् । उनका अनुसार विप्लवले र्याफ्टिङ गर्दा विभिन्न गीत गाएर रमाउँदै मजा लिएका थिए ।
‘विप्लवको नेतृत्वमा स्थानीय नेताहरु पनि यहाँ आउनुभएको थियो, गर्मी छल्नकै लागि योजना बनाएर र्याफ्टिङ गर्न आउनुभएको रहेछ’, कँडेलले भने, ‘र्याफ्टिङपछि निकै रमाइलो मानेर फर्कनुभयो ।’
र्याफ्टिङ गर्दा आफूलाई निकै रमाइलो भएको र काठमाडौँ नजिकैको यो ठाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण भएको सो अवसरमा विप्लवले बताएका थिए । विप्लवले आफू र आफ्नो पार्टीले पर्यटकीय प्रबर्द्धनमा जोड दिएको भन्दै मुलुकको पर्यटक प्रबर्द्धनमा सक्दो सहयोग गर्ने समेत बताएका थिए ।
हाल रिभरसाइड रिसोर्टले र्याफ्टिङसँगै जिपलाइन र स्काइ साइक्लिङको सुविधा पनि उपलब्ध गराएको छ । आवासीय पर्यटकलाई बस्नका लागि रिसोर्ट र भिल्ल्ला समेत निर्माण गरिएको छ । पछिल्लो समय र्याफ्टिङलगायतका पर्यटकीय गतिविधिका लागि उल्लेख्य सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्