×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रघुवीर महासेठको बैंक खातामा २ करोड २५ लाख, साथमा ४३ तोला सुन, पत्नीको नाममा साढे ३ करोडको सेयर ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रघुवीर महासेठको बैंक खातामा २ करोड २५ लाख, साथमा ४३ तोला सुन, पत्नीको नाममा साढे ३ करोडको सेयर ! 

Artha Sarokar

८ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको बैंक खातामा २ करोड बढी रकम रहेको पाइएको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार महासेठसँग २ करोड २५ लाख रुपैयाँ रहेको पाइएको हो । 

उक्त रकम ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गा बेचेर र पैतृक सम्पत्तिबाट आर्जन गरेको महासेठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

त्यस्तै, उनीसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर रहेको पाइएको छ । उनकी पत्नी जुलीकुमारी महतोको नाममा धनुषको क्षीरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कठ्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कठ्ठा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना, जनकपुरमा ३ कठ्ठा ११ धुर जग्गा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । 

योसँगै महासेठको नाममा जनकपुर उपमहानगरपालिकामा १ बिघा १५ कठ्ठा जग्गा रहेको पनि देखिएको छ । उक्त जग्गा पैतृक सम्पत्तिबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ । 

त्यस्तै, महासेठसँग ४३ तोला सुन र साढे १ किलो सुन पनि रहेको पाइएको छ । उक्त सबै सुन पैतृक सम्पत्ति, खरिद र उपहारबाट पाएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । त्यस्तै, पत्नी जुलीकुमारीको नाममा गुडविल फाइनान्समा ५ लाख सेयर, महिला लघुवित्तमा १ करोडको सेयर, कर्पोरेट डेभलपमेन्ट बैंक वीरगञ्जमा २ करोड ५० लाख रुपैयाँको सेयर रहेको खुलाइएको छ । यो सबै सम्पत्ति ऋण, सापटी र पैतृक सम्पत्तिबाट प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी