Skip to content
LAXMI SUNRISE BANK

‘सेयर बजारमा अरुले गर्दा डुबेँ भन्नुहुन्छ भने तपाईं डुबेको होइन, डुब्नै लायकको हो’- रामहरी नेपाल (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारका लगानीकर्ता रामहरी नेपालले बजारमा अरुले गर्दा डुबेँ भन्नेहरु डुब्नै लायकको हुने गरेको बताएका छन् । अर्थ सरोकार पोडकास्टमा बोल्दै लगानीकर्ता नेपालले तालाचाबी सबै आफ्नै हातमा हुँदाहुँदै पनि अरुले गर्दा डुब्ने लगानीकर्ता डुब्नै लायकको भएको बताएका हुन् । 

‘सुनिन्छ, फलानो यस्तो-उस्तो, यसले गर्दा डुबियो, उसले गर्दा डुबियो । यदि तपाईं अरुले गर्दा डुब्नुहुन्छ भने तपाई डुबेको होइन, डुब्नै लायकको हो ।’, उनले भने । 

आफूले बजारमा ट्रेड गर्न र पोर्टफोलियो म्यानेज गर्न नसक्ने भएपछि सबैथोक कसैलाई दिएर उसले डुबायो भने त्यसलाई अरुले डुबायो भन्न मिले पनि अरुका कुरा सुनेर बजारमा लगानी गर्ने अनि डुबायो भन्नु न्यायोचित नहुने नेपालले बताएका छन् । 

त्यस्तै, उनले आफूले गरेको ट्रेडको जिम्मेवारी लगानीकर्ताले आफैँसँग राख्नुपर्ने पनि बताएका छन् । सेयर बजारबारे लगानीकर्ता रामहरी नेपालसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK