×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठ महिनाको आर्थिक राशिफल

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जेठ महिनाको आर्थिक राशिफल

१ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

मेष राशि
मेष राशि भएका व्यक्तिहरूका लागि जेठ महिनामा आर्थिक रुपमा सबल देखिन्छ । रोकिएका कार्यहरू बन्ने योग छ । नउठेका सापटी रकम उठ्ने योगसमेत छ । मेष राशि भएकाहरुका लागि ४ र ५ अंक शुभ छ भने सेतो वा खैरो वस्त्र प्रयोग गरेर काम आरम्भ गर्दा लाभ मिल्ने देखिन्छ ।

वृष राशि
वृष राशि भएका व्यक्तिहरूलाई जेठ महिना औसत छ । व्यवसाय र जागिरमा नयाँ अवसर मिल्ने देखिन्छ । आफ्न्तको सहयोगले कार्य पूरा हुनेछ । कतै लगानी गर्नुपूर्व भने सोच विचार गर्नुपर्ला । खर्च भने बढ्ने देखिन्छ । जेठ महिनामा वृष राशि भएकाहरुलाई विदेश भ्रमण तथा बैदेशिक रोजगारीको अवसरसमेत मिल्नेछ ।

मिथुन
मिथुन राशि भएका व्यक्तिहरुका लागि जेठ महिना खर्चिलो देखिन्छ । कुनै पनि कारोबार गर्दा ध्यान पुर्याउनुपर्ने देखिन्छ । अरुका कारणले गर्दा धेरै खर्च हुनसक्छ भने वचन टाल्न नसक्दा दुःख पाइनेछ । कसैलाई सापटी दिंदा पैसा फस्न सक्ने हुनाले विशेष ख्याल गर्नुहोला । महिनाको अन्तिममा भने गरेको कामको फल प्राप्त हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग पर्पल वा हरियो देखिन्छ ।

कर्कट राशि
कर्कट राशि भएका व्यक्तिहरूले जेठ महिना झमेलापूर्ण देखिन्छ । आर्थिक विषयमा मुद्दा मामिलाबाट सफलता प्राप्त भए पनि सो सफलता पाउन बढी मेहेनत गर्नुपर्ने देखिन्छ । आफन्तले कार्यमा बाधा पुर्याउन सक्नेछन् । यो महिनाको लागि शुभ अङ्क ६, ९ र शुभ रङ्ग पहेँलो हो । पहेँलो वस्त्रको पहिरन गरेर शुभकार्य आरम्भ गर्दा राम्रो फल प्राप्त हुनेछ ।

सिंह राशि
सिंह राशि भएका व्यक्तिहरूका लागि जेठ महिना आम्दानीको महिना हुने देखिन्छ । व्यापार व्यवसायबाट धेरै आम्दानी हुने योग देखिएको छ भने कला र गलाको प्रभावले मनग्य धन आर्जन गर्ने योग छ । जेठ महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा निलो हो । शुभ अङ्क १ र ६ भएकाले १ वा ६ गते जुनसुकै क्षेत्रको शुभकार्य गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या राशि
कन्या राशि भएका व्यक्तिहरुका लागि जेठ महिना फाइदाजनक देखिन्छ । गरेको श्रमबाट राम्रो फाइदा मिल्नेछ । धार्मिक र शुभ कार्यमा संलग्न हुँदा मनमा छुट्टै आनन्द प्राप्त हुनेछ । कन्या राशि भएका व्यक्तिले योजना गोप्य राखेर आत्मबल बढाएर काम गरेमा सफल हुनेछन् । यो महिनाको लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग निलो वा सेतो हो । मन नलागी नलागी सेयर बजारमा लगानी गर्दा नसोचेकै फाइदा हुने देखिएको छ ।

तुला राशि
तुला राशि भएका व्यक्तिहरूका लागि जेठ महिना खर्चिलो देखिन्छ । आर्थिक क्षेत्रबाट लाभ मिल्नका साथै नसोचेको ठाउँबाट मनग्य आम्दानी गर्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क ४, ९ र शुभ रङ्ग रातो वा गुलाबी हो । बैंकिङ क्षेत्रबाट राम्रो समाचार प्राप्त हुनेछ ।

वृश्चिक राशि
वृश्चिक राशि भएका व्यक्तिहरूका लागि जेठ महिना घर, जग्गा खरिद तथा बिक्रीलागि उत्तम छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ भने रोकिएका का पुन सुरु हुनेछ । वैदेशिक यात्राको योग देखिएको छ ।
यो महिनाको लागि शुभ अङ्क १, ९ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कार्य सम्पादन गर्दा ९ गते वा ९ बजेको समय पार्दा सो कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु राशि
धनु राशि भएका व्यक्तिहरूका लागि जेठ महिना आर्थिक वृद्धि हुने योगको महिना देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग पहेँलो वा रातो हो । शुभकार्य गर्दा पहेँलो वस्त्रको प्रयोग गर्दा कार्यबाट अधिक लाभ मिल्नेछ ।

मकर राशि
मकर राशि भएका व्यक्तिहरूका लागि जेठ महिना नयाँ कार्य थालनीको महिना हुने देखिन्छ । कार्य सम्पादनमा सहजता मिल्नुका साथै अरुको विश्वास जित्न सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नाले व्यापार व्यवसायमा औसत लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १, ९ र शुभ रङ्ग सेतो वा केशरी हो । जागिरमा अन्तरवार्ताका लागि जाँदै हुनुहुन्छ भने सेतो वा केशरी रङको वस्त्र पहिरन गर्नुहोला, जोशजाँगर बढ्नेछ ।

कुम्भ राशि
कुम्भ राशि भएका व्यक्तिहरूका लागि जेठ महिना वैदेशिक क्षेत्रबाट सफलता मिल्ने महिना हुने देखिन्छ । शुभकार्यमा सरिक भइनेछ भने लामो यात्रा गर्दा सुखद् र सफल भइनेछ । यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग हल्का गुलाबी वा रातो हो । यो महिनामा केही आर्थिक नोक्सानी हुन सक्ने भएकाले सचेत रहनुहोला ।

मीन राशि
मीन राशि भएका व्यक्तिहरूका लागि जेठ महिना शुभ महिना देखिन्छ । यो राशिका व्यक्तिहरूले अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नुपर्ने हुन्छ । आफूले चाहेको काम नबन्नाले दिक्क लाग्न सक्छ । महिनाको उत्तरार्धबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १, ४ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । यो समयमा अनावश्यक र नियमित खर्च बढ्न सक्नेछ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: