Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय बाणिज्य बैंकको सीइओमा दर्खास्त आह्वान गरिएको २ हप्तासम्म १ जनाको पनि आवेदन परेन, किन हो ?

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकको सीइओमा दर्खास्त आह्वान गरिएको २ हप्तासम्म १ जनाको पनि आवेदन नपरेको पाइएको छ । सबैले अन्तिम दिन नै कुर्दा २ हप्तासम्म पनि कसैको आवेदन नपरेको हो ।

गत बैसाख ७ गते बैंकले सीइओका लागि दर्खास्त आह्वान गरेको थियो । २७ गते अन्तिम मिति भएकाले सबैजसो आकांक्षीले अन्तिम दिन नै कुरेको देखिएको छ।

बैंकको सीइओ बन्न हाल बैंकमा कामु सीइओसमेत रहेका देवेन्द्र रमण खनाल, नबिल बैंकमा कार्यरत भुपेन्द्र पाण्डे लगायतले चर्को लविङ गरिरहेका छन् । साथै यसअघि कृषि बिकास बैंक र नेपाल बैंकमा सीइओ बन्ने इक्षा देखाएर पछि फेल भएका प्रताप सुवेदी लगायत पनि राष्ट्रिय बाणिज्य बैंकको सीइओ बन्न इच्छुक भएको देखिएको छ । यस्तै अन्य दुई चार्टर्ड एकाउन्टेन्ट पनि बाणिज्य बैंकको सीइओ बन्न लालायित देखिएको पाइएको छ ।

बैशाख २७ गतेसम्म प्राप्त आबेदन दिएकाहरुमध्ये ५ जनाको नाम छनौट भई अन्तर्वार्ता हुनेछ । उनीहरुमध्ये ३ जनाको नाम सिफारिस हुनेछ । तीमध्ये एक जना बैंकको सीइओ बन्नेछ । सीइओ छान्न तीन सदस्सीय छनौट समिति यसअघि नै गठन भईसकेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK