काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा शिक्षाविद् रहिछिन् भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्ला ? माओवादी पृष्ठभूमिकी शर्माले शिक्षा क्षेत्रमा न विज्ञता हासिल गरेकी छिन्, न शिक्षा क्षेत्रमा उनको कुनै योगदान नै छ । तर उनी शिक्षाविद्को रुपमा नेपाल संस्कृत विश्वविद्यालयको शिक्षाविद्को कोटामा सिनेट सदस्य नियुक्त भएकी छिन् ।
अर्थ सरोकारलाई प्राप्त उनको नियुक्तिपत्रमा उनलाई शिक्षाविदको रुपमा नियुक्त गरिएको छ । ‘सम्माननीय प्रधानमन्त्री एवं नेपाल संस्कृत विश्वविद्यालयका कुलपतिज्यूबाट यहाँलाई नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा ४ को उपदफा (१) को खण्ड (ध) को रिक्त विश्वविद्यालय सभाको सदस्य पदमा सोही ऐनको दफा ४ को उपदफा (३) बमोजिम पदावधि कायम हुने गरी मिति २०८१।०१।१३ मा मनोनयन गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँछु ।’ मन्त्री शर्मालाई नियुक्त गरिएको पत्रमा भनिएको छ,
पत्रमा भनिएको उपदफा (१) को खण्ड (ध) मा ‘शिक्षाविद्हरूमध्येबाट एक जना’ उल्लेख छ ।
विश्वविद्यालयमा माओवादीबाट दुई जना र एमालेबाट तीन जना गरेर पाँच जना सिनेट सदस्य नियुक्त गरिएको छ । रेखा शर्मासँगै माओवादी कोटामा नियुक्ति खानेमा माओवादी केन्द्र दाङ जिल्लाका इन्चार्जसमेत रहेका निर्मल आचार्य छन् । आचार्यलाई भने उपदफा १(झ) मा टेकेर ‘प्रतिष्ठित समाजसेवी’को रूपमा नियुक्त गरिएको छ ।
त्यसैगरी विश्वविद्यालयको सिनेट सदस्यमा नेकपा एमालेका तर्फबाट ३ जनाले नियुक्ति पाएका छन् । उपदफ १ (ब) बमोजिम ‘चन्दादाताको कोटा’मा ईश्वर पोखरेल नियुक्त भएका छन् भने लेखनाथ आचार्य ‘संस्कृतको प्रतिष्ठित विद्वान् कोटा’मा नियुक्त भएका छन् ।
त्यस्तै, एमालेबाट प्रा. शिवहरि मरहट्ठा उपदफा १ (ट) अनुसार ‘पूर्वउपकुलपति’को रुपमा नियुक्त भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्