×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चारमन्त्रीले सार्वजनिक गरेको विवरण नै गलत भएको खुलासा

LAXMI SUNRISE BANK
GLOBAL

सञ्चारमन्त्रीले सार्वजनिक गरेको विवरण नै गलत भएको खुलासा

९ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सम्पत्ति विवरण नै गलत भएको खुलासा भएको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा मन्त्री शर्माको विवरण गलत रहेको खुलासा भएको हो । सम्पत्ति विवरणमा उल्लेख भएको आफ्नो सम्पत्ति ‘टाइपिङ मिस्टेक’ हुँदा गलत भएको स्वयम् मन्त्री शर्माले स्वीकारेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको आफ्नो सम्पत्ति विवरण गलत भएको बताएकी हुन् ।

उनले सम्पत्ति विवरणमा क्यारिना सहकारी बचत तथा ऋण सहकारी संस्थामा २ लाख बचत हुनुपर्नेमा ‘टाइपिङ मिस्टेक’ हुँदा २० लाख भएको बताएकी छिन् ।

‘२०८१ जेठ ८ गते सार्वजनिक भएको मन्त्रीहरुको सम्पत्ति विवरणमा मेरो क्यारिना ऋण तथा बचत सहकारी संस्थामा रहेको वचत विवरणप्रति ध्यानाकर्षण भएको छ । सो सहकारीमा मेरो एक लाख शेयर रकम र सो बराबर नियमित बचत गरी करिब २ लाख रहेको हुनुपर्नेमा एउटा ० अंक बढी टाइप हुन गई प्राविधिक त्रुटिका कारण २० लाख लेखिन पुगेकाले सो विवरण त्रुटिपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।’, उनले लेखेकी छिन् ।

मंगलबार सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्री शर्माको सहकारीमा २ लाख बचतबाहेक राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार रुपैयाँ र एभरेष्ट बैंकमा २८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, उनको श्रीमान कृष्णध्वज खड्काको नाममा कीर्तिपुरमा ६ आना १ पैसा एक दाममा बनेको साढे दुई तलाको घर, ६ तोला सुन, २ तोला चाँदी र राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ६५ लाख रुपैयाँ ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी