×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ ब्रोकरहरुको पनि पूरानै पारा, नेप्सेलाई फी नबुझाएपछि टीएमएस नै बन्द, रोड शोले रोडमै पुर्याउने चिन्ता !

PRIME CA
GLOBAL IME BANK

नयाँ ब्रोकरहरुको पनि पूरानै पारा, नेप्सेलाई फी नबुझाएपछि टीएमएस नै बन्द, रोड शोले रोडमै पुर्याउने चिन्ता !

२४ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पूराना सेयर ब्रोकरहरुले सेयर बेचेको पैसा समयमा दिएनन् वा ढिलासुस्ती भयो भन्ने गुनासा नौला होइनन् । पूराना ब्रोकरहरुको यहि सिन्डिकेट भयो भनेर नयाँ ब्रोकरहरुलाई नेपाल धितोपत्र बोर्डले लाइसेन्स दियो । तर नयाँ सेयर ब्रोकरहरु पनि पूरानै झुर ब्रोकरहरुको शैलीमा झुर रहेको तथ्य खुल्दै गएको छ ।
यस्तै नेप्सेको नियम नटेर्ने ब्रोकर नम्बर ९२ अर्थात रोड शो ब्रोकरको टिएमएस नेप्सेले बन्द गर्नुपर्यो । खासै लगानीकर्ताहरुले नपत्याएको यो ब्रोकरले मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतिरेपछि ब्रोकरको टीएमएस नै बन्द गर्नुपरेको हो ।
नेप्सेका अनुसार सो ब्रोकरले माघदेखि नेप्सेलाई तिर्नुपर्ने रकम तिरेको छैन । अव सो ब्रोकरले जरिवानासहित रकम तिरेपछि मात्र उसको टिएमएस खुल्नेछ । नेप्सेका अनुसार रोड शोले  नेप्सेलाई मासिक रुपमा तिर्नुपर्ने २५ हजार रुपैयाँ र ५० हजार जरिवाना शुल्क तिर्नुपर्ने हुन्छ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९ को विनियम २१ को (च) लाई टेकेर सो ब्रोकरको कारोबार बन्द गरेको हो । सो विनियममा कारोबार सदस्यले नेप्सेको कारोवार प्रणालीमा कारोवार व्यवस्थापन प्रणाली आबद्ध गरे बापत नेप्सेलाई अनुसुची २ (ग) बमोजिमको मासिक प्राविधिक सेवा शुल्क बुझाउनु पर्छ भन्ने व्यवस्था उल्लेख गरिएको छ । यस्तो शुल्क त्रैमासिक अवधिको पहिलो महिनाको ७ गतेभित्र बुझाउनुपर्ने नियम भएपनि रोड शोले सो रकम नेप्सेलाई बुझाएको थिएन ।
तोकिएको अवधिमा शुल्क नबुझाएमा नेप्सेले जुन सुकै बेला सेवा बन्द गर्न सक्ने व्यवस्था अनुसार नै नेप्सेले टिएमएस बन्द गरेको हो ।
रोड शोलाई नेप्सेले गरेको यो कारवाहीसँगै नयाँ ब्रोकरहरु पनि कान चिरेका पूरानै जोगी रहेछन् भन्ने चर्चा सुरु भएको छ ।
यस अघि पनि नेप्सेले नियम नमान्ने ब्रोकरहरुको टिएमएस बन्द गर्ने गरेको थियो । कारोबार भईरहने ब्रोकर हाउसमा टिएमएस बन्द हुँदा लगानीकर्ताहरु मारमा पर्ने गरेका छन् । ब्रोकर हाउसले गरेको गल्तीको सजाय लगानीकर्ताहरुले किन भोग्नुपर्ने भन्दै पटक पटक लगानीकर्ताहरुले प्रश्नसमेत उठाउने गरेका छन् ।
रोड शोलाई गरिएको यस्तो कारवाहीले बजारमा यसै पनि रोडमै पुगेका लगानीकर्तालाई ब्रोकरहरुको यस्तो प्रवृतिले कारोबार गर्न नदिएर रोडमै पुर्याउने हो कि भन्ने चिन्ता बढेको चर्चासमेत चल्न थालेको छ ।
कार्वाही भोगेपछि रोड शोले भने कुनै पनि सार्वजनिक प्रतिक्रिया दिएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: