काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर नं.९२ अर्थात् रोडसो सेक्युरिटिजको टिएमएस सेवा बन्द गरेको छ । टिएमएस प्रयोग गरे वापत तिर्नु पर्ने प्राविधिक शुल्क नतिरेको भन्दै नेप्सेले रोडसोको टिएमएस बन्द गरेको हो ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार सो ब्रोकरले माघ महिनादेखि शुल्क बुझाएको छैन । अव मासिक तिर्नुपर्ने २५ हजार र ५० हजार जरिवाना बुझाएपछि मात्र टिएमएस संचालन हुने पराजुलीले बताएका छन् ।
धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावलि, २०७९ को विनियम २१ को (च) मा कारोबार सदस्यले नेप्सेको कारोवार प्रणालीमा कारोवार व्यवस्थापन प्रणाली आबद्ध गरे बापत नेप्सेलाई अनुसुचि २ (ग) बमोजिमको मासिक प्राविधिक सेवा शुल्क बुझाउनु पर्छ भन्ने व्यवस्था उल्लेख गरिएको छ ।
त्यस्तो शुल्क त्रैमासिक अवधिको पहिलो महिनाको सात गते भित्र बुझाउनु पर्ने उल्लेख गरिएको छ । उक्त अवधिमा शुल्क नबुझाएमा नेप्सेले जुन सुकै बेला सेवा बन्द गर्न सक्ने व्यवस्था छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्