×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१७ वर्षका रोजलको सेयर बजार यात्रा, भन्छन्- ‘केही हजारबाट ७ लाख भयो, यसैलाई ७० लाख बनाउँछु’ (भिडियो)

GLOBAL IME BANK

१७ वर्षका रोजलको सेयर बजार यात्रा, भन्छन्- ‘केही हजारबाट ७ लाख भयो, यसैलाई ७० लाख बनाउँछु’ (भिडियो)

१३ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सानै उमेरदेखि सेयर बजारमा लागेका गुल्मीका रोजल कँडेलले सेयर बजार आम्दानीको राम्रो क्षेत्र रहेको बताएका छन् । अर्थ सरोकार पोडकास्टमा बोल्दै १७ वर्षीय कँडेलले यस्तो बताएका हुन् । 

उनले स्कुल पढ्दै, सेयर बजारमा लगानी गर्दै आएका कँडेलले भविष्यमा पनि सेयर बजारमा आफ्नो यात्रा निरन्तर गर्ने बताएका छन् । 

सेयर बजारबारे आफ्नो बुबाबाट सिकेका रोजल अहिले बजारबारे ज्ञान लिने र आफैँ लगानी गर्दै आएका छन् । सुरुमा आईपीओबाट बजार प्रवेश गरेका रोजल हाल दोस्रो बजारमा पनि कारोबार गर्छन् ।

स्कुल पढ्दै गर्दा केही हजारबाट बजारमा लगानी सुरु गरेका कँडेलले सोही लगानी ७ लाख पुगेको र सोही लगानीलाई भविष्यमा ७० लाख पुर्याउने लक्ष्य लिएको बताएका छन् । कँडेलले ‘सेयर बजार जुवा घर हो’ भन्ने गलत भाष्य परिवर्तन गर्दै सेयर बजार लगानी र आम्दानीको सुन्दर क्षेत्र हो भन्ने भाष्य स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । कँडेलको बजार यात्रा र बजारप्रति उनको दृष्टिकोणबारे गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: