Skip to content
LAXMI SUNRISE BANK

सहकारीका कर्मचारीबाट दिनदहाडै लुटियो ८० लाख !

अर्थ सरोकार

जनकपुर । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ ।

सोमबार दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले रु ८० लाख लुटेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिएका छन् ।

जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदैगर्दा जनकपुरधाम उपमहानगरपालिका १९ मा महतोका साथमा रहेको सो रकम लुटिएको हो । लुटेराको खोजीकार्य  भइरहेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK