×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेस्तोल देखाएर सहकारीको ८० लाख लुट्ने दुई जना पक्राउ 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पेस्तोल देखाएर सहकारीको ८० लाख लुट्ने दुई जना पक्राउ 

३० बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जनकपुरमा सहकारी लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । जनकपुरधामबाट शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा जनक महतो र श्रवण कापर रहेका छन् । उनीहरुले बैशाख ४ गते सहकारी बैंकबाट रकम झिकेर सहकारीको कार्यालय जाँदै गर्दा संस्थाका कर्मचारी विरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर जनकपुरधाम–१९ मा ८० लाख रुपैयाँ लुटेका थिए । 

उक्त लुटमा संलग्नता देखिएपछि प्रहरीले महतो र कापरलाई जनकपुरबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले लुटिएको केही रकमसमेत बरामद गरेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: