×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा फिर्ता नदिएर जनता रुवाउने सहकारीका अध्यक्षको बैंक खातामा भेटियो ७५ लाख, अब के हुन्छ ? 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पैसा फिर्ता नदिएर जनता रुवाउने सहकारीका अध्यक्षको बैंक खातामा भेटियो ७५ लाख, अब के हुन्छ ? 

३१ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कल्याण उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षको बैंक खातामा ७५ लाख रुपैयाँ रहेको पाइएको छ । ललितपुरस्थित उक्त सहकारीका अध्यक्ष लिलाबहादुर गुरुङको खातामा ७५ लाख रहेको भेटिएको हो । 

सहकारी ठगीमा सहकारीका बचतकर्ताले दिएको उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान गर्दा गुरुङको खातामा उक्त रकम रहेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गुरुङले उक्त रकम आफ्नो खाताबाट श्रीमती नन्दाकुमारी बम्जनको खातामा ट्रान्सफर गरेको देखिएको छ । गुरुङले भने उक्त रकम जग्गा खरिदबिक्री र कुमारी बैंकको प्रमोटर सेयर बिक्री गरेको रकम रहेको प्रहरीसँगको बयानमा भनेका छन् । हाल गुरुङकी श्रीमती ४८ वर्षीया बम्जन भने फरार छिन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

यति मात्र होइन, गुरुङले संस्थाको अध्यक्ष रहँदा सहकारीको कारोबार गर्दासमेत नियम विपरीत आफ्नो बैंक खाताबाट कारोबार गरेको पनि भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरीले जनाएका छन् । 

त्यस्तै, भक्तपुर दधिकोटमासमेत गुरुङको नाममा जग्गा रहेको पाइएको छ । हाल उक्त सहकारीका बचतकर्ताहरु बचत फिर्ताको माग गर्दै सडक आन्दोलन गरिरहेका छन् । तर, हालसम्म उनीहरुले सहकारीमा जम्मा गरेको आफ्नै रकम पनि फिर्ता पाएका छैनन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: