×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी आर्थिक वर्षको बजेटः सञ्चालकको सम्पत्ति बेचेर सहकारी पीडितको बचत फिर्ता गरिने 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आगामी आर्थिक वर्षको बजेटः सञ्चालकको सम्पत्ति बेचेर सहकारी पीडितको बचत फिर्ता गरिने 

Artha Sarokar

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

उनले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका सञ्चालकको सम्पत्ति बेचेर ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने बताएका छन् । 

त्यस्तै, अर्थमन्त्री पुनले बजेटमार्फत आगामी आर्थिक वर्षमा आवश्यक कानून संशोधन गरी सिद्धान्त र नीतिबमोजिम सहकारी संस्था सञ्चालन गर्ने व्यवस्था गर्नुका साथै सहकारी संस्थाको नियमन तथा निरीक्षण गर्ने नियामक निकाय स्थापना गरिने पनि घोषणा गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी