×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामसुङमा तलब विवाद, सयौँ कर्मचारी हड्तालमा !

LAXMI SUNRISE BANK
GLOBAL

सामसुङमा तलब विवाद, सयौँ कर्मचारी हड्तालमा !

१६ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सामसुङ  इलेक्ट्रोनिक्सका कर्मचारी हड्तालमा उत्रिएका छन् । दक्षिण कोरियामा तलब सम्बन्धी व्यवस्थापनको वार्तामा रोक लगाएको भन्दै सामसुङका कर्मचारी हड्तालमा उत्रिएका हुन् ।

तलब सुविधा सम्बन्धी लामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमित वार्ता गर्दै आएका छन् । वार्तामा सहमति हुन नसक्दा उनीहरूबीचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल भएका छन् ।

कामदारहरुले वार्ता असफल भएको विरोधमा पहिलो पटक ‘वाकआउट’ चिन्ह लगाउने भएका छन् । आजबाट उनीहरु सार्वजनिक प्रदर्शनीमा उत्रने तयारीमा छन् ।

‘व्यवस्थापनले मजदुरलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण हडताल घोषणा गर्छौँ ।’ मजदुर युनियनले भनेको छ । विश्वका ७४ देशमा व्यापार विस्तार गरेको सामसुङमा २ लाख ७० हजार कामदारले रोजगारी पाएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी