Skip to content
LAXMI SUNRISE BANK

सन्दीप लामिछाने निर्दोष ठहर, ‘गौशला २६’ सर्वोच्च जाने ! 

अर्थ सरोकार

काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको छ । मंगलबार सन्दीपको मुद्दामा भएको सुनुवाइपछि अदालतले लामिछानेलाई निर्दोष ठहर गरेको हो । 

न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेलाई निर्दोष ठहर गरेको हो । 

उच्च अदालतले लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई निर्दोष ठहर गरेको हो । 

लामिछानेलाई काठमाडौँ जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको थियो ।

यता उच्च अदालत पाटनले सन्दीपलाई निर्दोष ठहर गरे पनि गौशला-२६ भने पुनरावेदन लिएर सर्बोच्च जाने भएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK