काठमाडौँ । अमेरिकाले सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । टी-२० विश्वकपका लागि अमेरिका जान भिसा ‘अप्लाई’ गरेका लामिछानेको भिसा अमेरिकाले अस्वीकार गरेको हो ।
भीसा अस्वीकृत भएकोबारे सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्यो । दुर्भाग्य, अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’
जबरजस्ती करणी मुद्दामा सफाई पाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सबै प्रक्रिया पूरा गरे पनि नेपालस्थित अमेरिकी दूतावासले अन्तिम समयमा सन्दीपलाई भिसा दिन अस्वीकार गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्