काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच हात हालाहाल भएको छ । सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि सत्तापक्ष र प्रतिपक्षका सांसदबीच हात हालाहाल भएको हो ।
सत्ता पक्षले रविलाई बोल्न समय दिनेबित्तिकै कांग्रेसका सांसदहरुले रविलाई घेरेका थिए । सोही क्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच भनाभन भएको थियो ।
सोही क्रममा भनाभन नोकझोकमा बदलिएपछि दुवै पक्षका सांसदबीच हात हालाहाल भएको थियो । संसदमा हात हालाहाल सुरु भएपछि माहोल झनै बिग्रिन सक्ने देखेर सभामुख देवराज घिमिरेले बिहीबारका लागि संसद बैठक नै स्थगित गरेका छन् ।