काठमाडौँ ।अर्थ मन्त्रालयले ब्रोकर कमिसन घटाउन दिएको निर्देशन नेपाल धितोपत्र बोर्डले कार्यान्वयन गर्न आनाकानी गरेको छ । अध्यक्ष नभएको बाहाना देखाएर बोर्डले सो निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।
यसअघि रमेश हमालले कमिसन घटाउने निर्णय गरेर स्वीकृतिका अर्थ मन्त्रालय पठाएका थिए । तर, मन्त्रालयले स्वीकृति गरेर पठाएको फाइल धितोपत्र बोर्डका कामु प्रमुख नवराज दाहालले रोकेर राखेको पाइएको छ ।
ब्रोकरहरुको चर्को दबाबपछि बोर्डले सो निर्णय कार्यान्वयनमा नलगेको हो । बोर्डका अधिकारीहरुले भने यसलाई प्राविधिक कारण भनेका छन् । यद्यपी बोर्डकै अन्य अधिकारीहरुले भने हाल अध्यक्ष पनि नभएको र ब्रोकरहरुको दबाबकै कारण निर्णय कार्यान्वयनमा नआएको दाबी गरेका छन् ।
बोर्डले हालको शुल्कमा १० प्रतिशत घटाउने गरी निर्णय गरेर अर्थ मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले सोहि अनुसार स्वीकृति दिईसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्