×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति बजेटपछि !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति बजेटपछि !

Artha Sarokar

३ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति बजेटपछि मात्रै हुने देखिएको छ । ४ महिनाअघि नै अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु भए पनि हालसम्म टुँगोमा नपुगेपछि अब आगामी आर्थिक वर्षको बजेटपछि मात्रै बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्ने देखिएको हो ।

यसो त रिक्त रहेको बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले २०७९ माघ ३ गते सिफारिस समिति गठन गरेको थियो । 

बोर्डको अध्यक्ष सिफारिस समितिले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्ण कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष नारायण श्रेष्ठको नाम सर्टलिस्टमा राखेको छ । 

यता सिफारिस समितिका अध्यक्ष डा.मिनबहादुर श्रेष्ठले पनि बोर्डको अध्यक्ष नियुक्ति आगामी आर्थिक वर्षको बजेट सार्वजनिकपछि मात्रै हुने बताएका छन् । 

यसअघि सिफारिस समितिले सर्टलिस्टमा नाम छनौट गर्दा उम्मेदवारको योग्यता नहेरेको, हचुवाका भरमा सर्टलिस्टमा नाम तय गरेको भन्दै अर्थमन्त्री वर्षमान पुनले असन्तुष्टि जनाएका थिए । त्यसपछि समितिले पुनः अन्तिममा यसअघि नै तय गरिएको नामावलीमा १ जनाको नाम परिवर्तन गर्दै सर्टलिस्टमा पर्ने ५ जनाको नाम सार्वजनिक गरेको थियो । 

योसँगै अब सिफारिस समितिले बजेटपछि सर्टलिस्टमा परेका पाँच जनाको अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ । त्यसपछि मन्त्रिपरिषद्ले तीनजनाबाट योग्य एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी