×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारबारे क्लब हाउस र फेसबुकमा ‘जे पायो त्यही’ बोल्नेमाथि निगरानी गर्दै धितोपत्र बोर्ड, गर्ला त कारबाही ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयर बजारबारे क्लब हाउस र फेसबुकमा ‘जे पायो त्यही’ बोल्नेमाथि निगरानी गर्दै धितोपत्र बोर्ड, गर्ला त कारबाही ? 

Artha Sarokar

१० जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर बजारका बारेमा फेसबुक, क्लब हाउस लगायतका सामाजिक सञ्जालमा जे पायो त्यही बोल्नेमाथि निगरानी गर्न सुरु गरेको छ । बोर्डको सुपरिवेक्षण विभागले बजारलाई ‘म्यानुपुलेट’ गर्नेगरि सामाजिक सञ्जालमा जे पायो त्यही बोल्नेमाथि निगरानी गर्न सुरु गरेको हो ।

खुलेयाम रुपमा कानूनविपरीत सेयर बजारलाई ‘म्यानुपुलेट’ गर्नेगरी स्क्रिप्ट नै तोकेर सोझा लगानीकर्ता फसाउने गरेको गुनासो बढेपछि निगरानी बढाएको बोर्डले जनाएको छ । 

अझ बजारका ठूलै लगानीकर्ता भनिने केहीमाथि भने बोर्डले यसअघिदेखि नै निगरानी गरिरहेको बोर्डका एक उच्च अधिकारीले बताएका छन् । ‘सामाजिक सञ्जालमा सेयर बजारलाई प्रभावित पार्नेगरि गतिविधि भएको भन्दै बोर्डमा उजुरी परेका छन् । तिनै उजुरीका आधारमा बोर्डले निगरानी गरिरहेको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै बोर्डका ती अधिकारीले भने, ‘केहीमाथि निगरानी त बोर्डले केहीसमय अघिदेखि नै गरिरहेको छ । कानूनविपरीत ठहरिए कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’ 

यसो त धितोपत्र सम्बन्धी ऐनले पनि सेयर बजारलाई प्रभावित पार्नेगरि स्क्रिप्ट नै तोक्नु, चर्चा गर्नु, किनबेचका लागि प्रोत्साहन गर्नु वा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बजार ‘म्यानुपुलेट’ गर्नु लगायतका कामलाई कानूनविपरीत हुने ठहर गरेको छ । अझ त्यसैमाथि सामाजिक सञ्जालमार्फत बजारमा चलखेल गरेका गुनासो दिनहुँजसो आउन थालेपछि त्यसतर्फ निगरानी बढाएको बोर्डको भनाई छ । 

तर, बोर्डले बजार ‘म्यानुपुलेट’ गर्नेमाथि निगरानी बढाएको भने पनि कारबाही हुने सम्बन्धमा लगानीकर्ताहरुले भने शंका व्यक्त गरेका छन् । विगतमा पनि बोर्डले सामाजिक सञ्जालमा बजारलाई प्रभावित पार्नेमाथि निगरानी गरे पनि कारबाही नहुनु र त्यसैमाथि अहिले बोर्ड नेतृत्वविहीन हुँदा लगानीकर्ताले कारबाही हुनेमाथि शंका व्यक्त गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी