×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

२१ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बैंकले आफ्नो शाखाका कर्मचारीहरूको वृत्ति विकासको उद्देश्य राखेर सञ्चालन गरेको हाजिरीजवाफ प्रतियोगिता ‘साङ्ग्रिला क्वीज’ को अन्तिम चरणको कन्ट्री राउन्ड क्विज प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

प्रतियोगितामा सञ्चालन समूहको तर्फबाट सुर्खेतका सबक्लस्टरका महेश रावल र हेमन्त बीसी विजेता बनेका छन् भने धनगढी क्लस्टरका निरज कुँवर तथा गणेश सिंह ठगुन्ना उपविजेता बनेका छन् ।

त्यस्तै, कर्जा समूहका तर्फबाट काठमाडौं क्लस्टरका चेतन भट्टराई तथा सञ्जुकुमारी श्रेष्ठ विजयी भएका छन् । त्यस्तै, वीरगञ्ज सबक्लस्टरका लवदेव पाठक तथा अरुण ब्लोन उपविजेता बनेका छन् ।

गत २६ माघदेखि शाखास्तरमा सुरु भएको सो प्रतियोगिता २८ फागुनमा क्लस्टरस्तरमा सम्पन्न भई छनोट भएका प्रतियोगीहरूको अन्तिम चरणको प्रतिस्पर्धा आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा सम्पन्न भएको हो ।

हाजिरीजवाफ प्रतियोगितालाई सञ्चालन तथा कर्जा गरी दुई समूहमा वर्गीकरण गरिएको थियो । शाखास्तरको प्रथम चरणमा ४६४ कर्मचारी सहभागी भएकोमा सोबाट विजयी १८७ कर्मचारीले क्लस्टरस्तरको दोस्रो चरणमा भाग लिएका थिए । तत्पश्चात्, दोस्रो चरणमा विजयी तथा उपविजयी भएका संचालन तथा कर्जा समूहका २०-२० जना गरी जम्मा ४० जना प्रतियोगीहरूको अन्तिम चरणको कन्ट्री राउन्डमा प्रतिस्पर्धा भएको थियो ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका कार्यकारी एवं उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय तथा इकाइ प्रमुखहरू, क्लस्टररसब-क्लस्टर प्रमुख, शाखा प्रमुखहरू तथा अन्य कर्मचारीहरूसमेत गरी करिब ३५० भन्दा बढी कर्मचारीहरू सहभागी भएका थिए ।

कार्यक्रममा दुई समूहका चार जना विजेता कर्मचारी प्रत्येकलाई नगद ६० हजार र दुई समूहका उपविजेता चार जना कर्मचारी प्रत्येकलाई नगद ४० हजार नगद पुरस्कारसहित प्रमाणत्र प्रदान गरिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: