काठमाडौँ । तत्कालीन मेगा बैंकमा एचआर विभागका मेनेजर शंकर पोखरेलले बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा गएपछि बैंकिङ नै छोडेका छन् । बुवा केयरको प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै उनले बैंकिङ नै छोडेका हुन् ।
१६ वर्षको बैंकिङ यात्रालाई पूर्णविराम दिँदै पोखरेल विशेष गरी ५५ वर्ष देखि माथि उमेर समूहका नागरिकहरूलाई लक्षित गरी उनीहरूको स्वास्थ्य, मनोरञ्जन तथा प्रमुख तीर्थस्थल दर्शन गराउने र शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ बनाउने उद्देश्यले स्थापित कम्पनी बुवा केयरको प्रबन्ध निर्देशकमा नियुक्त भएका हुन् ।
‘१६ बर्ष बैंकिङ गरें, अव बृद्ध बाहरुको सेवा गर्छु ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पोखरेलले भने, ‘१६ बर्षको बैंकिङ अनुभवमा कुनै गुनासो छैन ।’
पछिल्लो समय बैंकिङ छोडेर आफ्नै व्यवसाय गर्ने र विदेश जानेहरुको संख्या ह्वात्तै बढेको छ । ‘अव अहिले आएर विदेश पलायन हुने सोच छैन । आफ्नै भूमिमा आफ्नै नेपाली ‘बुबा’हरुको सेवा गर्छु ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पोखरेलले भने, ‘काम नयाँ छ, जिम्मेवारी नयाँ छ । तर यसमा निकै खुसी छु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्