×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमैत्री बजेट ल्याउन लगानीकर्ता संघहरुको माग, नभए सशक्त आन्दोलन गर्ने चेतावनी ! 

GLOBAL IME BANK

सेयर बजारमैत्री बजेट ल्याउन लगानीकर्ता संघहरुको माग, नभए सशक्त आन्दोलन गर्ने चेतावनी ! 

१३ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको सरकारलाई सेयर बजारका लगानीकर्ता संघहरुले सेयर बजारमैत्री बजेट ल्याउन सुझाव दिएका छन् । सेयर बजारका ८ लगानीकर्ता संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई दुई बुँदे सुझाव दिएका हुन् । 

उनीहरुले हाल विद्यमान प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढि अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकम ७.५ प्रतिशत अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था परिवर्तन गर्न माग गरेका छन् । 

उनीहरुले उक्त व्यवस्थामा परिवर्तन गर्दै अग्रिम कर नभई उक्त कर अन्तिम करकट्टी हुने कानूनी व्यवस्था गर्न र आयकर ऐनको अनुसूची समेत संशोधन गर्न माग गरेका छन् । 

त्यस्तै, लगानीकर्ता संघहरुले अल्पकालीन लगानीकर्ताको हकमा ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताको हकमा ३ प्रतिशत पूँजीगत लाभकर कायम हुनुपर्ने पनि माग गरेका छन् । जसका कारण सेयर बजारमा लगानीकर्ताको मनोबल उच्च हुन गई कारोबार रकम बढ्ने र सरकारलाई बढी लाभकर प्राप्त हुने लगानीकर्ता संघहरुले बताएका छन् । 

उक्त संयुक्त विज्ञप्तिमा नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ, जनरल इन्भेष्टर एसोसियसन, नेपाल सेयरधनी संघ, स्वतन्त्र पूँजीबजार सुधार संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले ऐक्यबद्धता जनाएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: