×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्दो ट्रेन्डमा सेयर धितो कर्जाको ब्याजदर, बढ्ला त लगानी ? 

GLOBAL IME BANK

घट्दो ट्रेन्डमा सेयर धितो कर्जाको ब्याजदर, बढ्ला त लगानी ? 

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने सेयर धितो कर्जाको ब्याजदर घट्दो ‘ट्रेन्ड’ मा देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको ब्याजदर निरन्तर घटिरहँदा घट्दै गइरहेको आधार दर (बेस रेट)का कारण सेयर धितो कर्जाको ब्याजदर पनि घट्दो ‘ट्रेन्ड’ मा देखिएको हो ।

पछिल्लो केही महिनायता बैंक तथा वित्तीय संस्थाहरुमा प्रयाप्त तरलता भएपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन् । 

निक्षेपको ब्याजदर घट्दा लागत घटेर कर्जाको ब्याजदर घट्ने भएकाले बैंकहरुमा निक्षेपको ब्याजदर घटिरहँदा कर्जाको ब्याजदर पनि घट्दै गइरहेको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जाको ब्याजदर पनि निरन्तर घट्दै गइरहेको छ । 

सेयर धितो कर्जाको ब्याजदर निरन्तर घट्दै गइरहेका बेला बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा पनि बढिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट ८६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । जबकी गत असारसम्म बैंक तथा वित्तीय संस्थाबाट ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो । 

बैंकहरुमा ब्याजदर पनि घट्नु र सेयर धितो कर्जा लिनेहरु पनि बढ्नुले लगानीकर्ता ऋण लिएर बजार प्रवेश गरिरहेका छन् भन्ने तथ्यलाई थप पुष्टि गरेको छ । सेयर बजारका जानकारहरुले पनि अहिले बैंकबाट ऋण लिएर केही ठूला लगानीकर्ता बजार प्रवेश गरिसकेको र केही तयारीमा रहेको बताएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: