Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ५.६३ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १३ कम्पनीको ७० लाख ५८ हजार ३ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ९७ लाख १६ हजार ४ सय १८ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा ओरियन्टल होटलका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK