काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १५ कम्पनीको ८४ लाख ९० हजार ७ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७० करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार पिपुल्स पावर लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड ८९ लाख ९५ हजार ३ सय ६४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।
बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।यस अलवा युनिक नेपाल लघुवित्त, माण्डु हाइड्रोपावर, बुद्धभुमि नेपाल हाइड्रोपावर, सुपर माई हाइड्रोपावर र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार पिपुल्स पावर लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड ८९ लाख ९५ हजार ३ सय ६४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, शिवम् सिमेन्ट र पोखरा फाइनान्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । गुराँस लघुवित्तमा यस्तो गिरावट आउँदा ओरियन्टल होटल, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमा मिडल तमोर हाइड्रोपावर र गरिमा डेबेञ्चर २०८५ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्