काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार पनि सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल ३ सय १८ कम्पनीको एक करोड ४४ लाख १९ हजार ५ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ४२ लाख ८० हजार ४ सय १३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा बुद्धभुमि नेपाल हाइड्रोपावर, एनएमबि बैंक, अग्रिकल्चर डेभलपमेन्ट बैंक, नबिल बैंक र कालिन्चोक दर्सनका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ४२ लाख ८० हजार ४ सय १३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा पोखरा फाइनान्स, सीइडीबी हाइड्रोपावर, फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, नबिल बैंक र एनआइसी एशिया बैंकमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो। मानुषी लघुवित्तमा यस्तो गिरावट आउँदा मध्ये भोटेकोशी जलविद्युत कम्पनी, समाज लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र रिभर फल्स पावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्