×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बंगलादेश सरकारलाई ढाका स्टक एक्सचेन्जको सुझाव- ‘सेयर लगानीकर्ताबाट पूँजीगत लाभकर नलिइयोस्’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बंगलादेश सरकारलाई ढाका स्टक एक्सचेन्जको सुझाव- ‘सेयर लगानीकर्ताबाट पूँजीगत लाभकर नलिइयोस्’

१७ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ढाका स्टक एक्सचेन्ज (डिएसई)ले पूँजीगत लाभकर नलिन सरकारलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०२४/२५ को बजेटका लागि डिएसईले बंगलादेश सरकारलाई यस्तो सुझाव दिएको हो । 

सरकारले माग गरेको सुझावमा डिएसईले सेयर कारोबारबाट हुने आम्दानीमा लगानीकर्ताबाट लिइने पूँजीगत लाभकर नलिन सरकारलाई आग्रह गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

त्यस्तै, डिएसईले बंगलादेश सरकारलाई सेयर बजार र लगानीकर्ताको हितमा बजेट ल्याउनुका साथै बजारलाई नकारात्मक असर पार्ने कुनै पनि नीति उल्लेख नगर्न पनि सुझाव दिएको छ । 

यसो त बंगलादेशमा व्यक्तिगत लगानीकर्तालाई सेयर कारोबारमा पूँजीगत लाभकर लाग्दैन । तर, राजस्व विभागले पहिलो पटक व्यक्तिगत लगानीकर्ताले ४० लाखभन्दा बढी आम्दानी गरे पूँजीगत लाभकर लगाउने प्रस्ताव गरेको छ ।

तर, डिएसईले भने उक्त व्यवस्थाले सेयर लगानीकर्ताको मनोबल कम हुने र त्यसले सेयर बजारमा नकारात्मक असर गर्ने भन्दै सेयर कारोबार पूँजीगत लाभकर नलगाउने सुझाव दिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: