×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारका लगानीकर्ताले छुट्टीको समय कसरी सदुपयोग गर्ने ? यस्ता छन् शिवचन्द्रका ८ ‘टिप्स’…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारका लगानीकर्ताले छुट्टीको समय कसरी सदुपयोग गर्ने ? यस्ता छन् शिवचन्द्रका ८ ‘टिप्स’…

४ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका लगानीकर्ता शिवचन्द्रले छुट्टीको समय सदुपयोग गर्ने गर्ने टिप्स दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शिवचन्द्रले मनोरञ्जन गर्दै सेयर लगानीकर्तालाई छुट्टीको समय सदुपयोग गर्ने ८ टिप्स दिएका हुन् । यस्ता छन् शिवचन्द्रका ८ टिप्सः 

हप्ता भरि गरेको कारोबारमा नाफा घाटाको अवस्था कस्तो रह्यो ? चेक जाँच गर्ने ।
लगानी गर्ने बिभिन्न आधारहरु (होहल्ला, लहलहै, स्वअध्ययन, इगो इत्यादि ) हुन्छन्, जसमध्ये कुन चाहिँ आधार भरपर्दो र विश्वसनीय लाग्यो विश्लेषण गर्ने ।
• हप्ताभर कुन सेक्टरमा लगानीकर्ताको झुकाव बढी रह्यो त्यसमा ध्यान दिने ।
• सेक्टर र स्टकहरुमा भएको Accumulation र Distribution को सुक्ष्म अध्ययन गर्ने ।
• ठुला ब्रोकरहरुको कारोबारलाई नियाल्ने ।
समग्र लगानीकर्ताको मनोविज्ञान, राजनीतिकआर्थिक पाटो अनि नियामक र सरोकारवालाको बजारप्रतिको दृष्टिकोणको लेखाजोखा गर्ने ।
तुलनात्मक रुपमा धेरै बढेको सेक्टर/स्टक र नबढेका सेक्टर/ स्टकहरुको सूक्ष्म अध्ययन गर्ने ।
सबैभन्दा ठुलो कुरा त आफू कहाँनेर चुकेँ त्यो पत्ता लगाई गल्तीलाई नदोहोर्‍याउने प्रण गर्ने ।

यत्ति नियमको पालना गरे सेयर बजार सुन्दर छ !

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी