×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीकर्तालाई शिवचन्द्रको सुझावः ‘बजेट भाषण, मौद्रिक नीति नजिकिँदै जाँदा चल्ने अफवाहहरुदेखि सतर्क रहौँ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेयर लगानीकर्तालाई शिवचन्द्रको सुझावः ‘बजेट भाषण, मौद्रिक नीति नजिकिँदै जाँदा चल्ने अफवाहहरुदेखि सतर्क रहौँ’

१३ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका लगानीकर्ता शिवचन्द्रले सेयर बजारबारे चल्ने अफवाहबाट सतर्क रहन सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बजेट भाषण र मौद्रिक नीति नजिकिँदै जाँदा चल्ने अफवाहबाट सतर्क सहन सेयर लगानीकर्ताहरुलाई सुझाव दिएका हुन् ।

उनले बजेटमार्फत हुने करका दर हेरफेरका विषयमा प्रधानमन्त्री, अर्थमन्त्री, अर्थसचिव र राजस्व सचिवबाहेक कसैलाई थाहा नहुने भन्दै अफवाहबाट सतर्क रहन भनेका छन् ।

यस्तै बेला बजारमा हावी हुने स्वार्थ समूहले नचाहिँदो र झुठो अफवाह फैलाएर बजारमा आफ्नो स्वार्थ पूर्ति गर्ने भएकाले लगानीकर्तालाई बाहिर हुने अफवाहलाई विश्लेषण गरेर मात्रै प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् । यस्तो छ सेयर लगानीकर्तालाई शिवचन्द्रको सुझावः 

बजेट भाषण, मौद्रिक नीति नजिकिँदै जाँदा चल्ने अफवाहदेखि सतर्क रहौँ ! 

करको दरमा हुने हेरफेर लगायत बजेटले समेट्ने अन्य विषयहरू प्रधानमन्त्री, अर्थमन्त्री, अर्थ सचिव र राजस्व सचिव बाहेक कसैलाई थाहा हुँदैन । हेरफेर हुने करको दर, बजेट वक्तव्य र आर्थिक विधेयक छाप्न पठाउनु पूर्व प्रविष्ट गरेर पूर्ण गोप्यता कायम गरि छापिन्छ । यस्तो गोप्य कुरा जुन अर्थ मन्त्रालयका सहसचिव, उपसचिव लगायत अन्य कर्मचारीलाई पनि थाहा हुँदैन भने मिडियाले थाहा पाउने त कुरै भएन । तसर्थ लगानीकर्ताले यस्ता कुराको विश्लेषण गरेर मात्र प्रतिक्रिया व्यक्त गर्ने बानी बसालेमा शेयर बजारमा हावी स्वार्थ समूहको उद्देश्य पुरा हुन सक्दैन । 

विगतमा झैँ यो पाला पनि बजेट भाषण नजिकिँदै जाँदा केही मिडियाहरु करको विषयलाई लिएर यति धेरै समाचारहरु सम्प्रेषण गर्दैछन् कि समाचार लेख्दा लेख्दा बजेट मार्फत कर निर्धारण समितिको सदस्य आफू स्वयं रहेको महसुस गर्दो होलान् । जबकि वास्तविक बजेटको तयारीमा लागेकाहरु भने उक्त विषयप्रति अनभिज्ञ छन्  सायद !

(नोटः आज भन्दा ठिक ६ वर्ष अघि गरिएको यो पोष्ट सधैँको लागि सदाबहार नै रहने भयो !)
शुभ प्रभात
थैन्कु

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: