×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिप्रदीको लुटः नयाँ भन्दै टाटाको पुराना टिप्पर भिडाउँदै ! 

LAXMI SUNRISE BANK
GLOBAL

सिप्रदीको लुटः नयाँ भन्दै टाटाको पुराना टिप्पर भिडाउँदै ! 

३१ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुराना गाडी बिक्री गर्ने गरेको खुलासा भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुराना गाडी बिक्री गर्ने गरेको खुलासा भएको हो । 

सिप्रदीले गर्ने यस्तो ‘लुटधन्दा’को पोल काठमाडौँ महानगरले खोलेको छ । महानगरले सोमबार पत्रकार सम्मेलन नै गरेर सिप्रदीको पोल खोलेको हो । 

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सिप्रदीले नयाँ भन्दै महानगरलाई बेचेका ६ मध्ये ४ वटा टिप्पर पुरानो भएको पाइएको छ । सिप्रदीबाट खरिद गरिएका टिप्परको प्राविधिक परीक्षण गर्दा ४ वटा टिप्पर पुरानो भएको पाइएको मानन्धरले बताएका छन् । 

महानगरले खरिद गरेका ६ वटा टिप्परको ब्लुबुकमा भने सिप्रदीले उत्पादन वर्ष २०२२ उल्लेख गरेको छ । तर, प्राविधिक जाँचका क्रममा ४ वटा टिप्परको उत्पादन वर्ष २०२१ रहेको पाइएको थियो । 

त्यसलगत्तै महानगरले सिप्रदीलाई उक्त विषयमा जानकारीसमेत गराएको थियो । सिप्रदीले समेत आफ्नो गल्ती स्वीकार गर्दै गाडी फिर्ता लैजाने प्रतिक्रिया दिएको महानगरले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी