×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीता एयरको ठक्करबाट विमानस्थलका कर्मचारी घाइते, होस नखुलेपछि त्यही विमानमा हालेर नेपालगञ्ज लगियो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सीता एयरको ठक्करबाट विमानस्थलका कर्मचारी घाइते, होस नखुलेपछि त्यही विमानमा हालेर नेपालगञ्ज लगियो !

१० जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सीता एयरको ठक्करबाट एक जना घाइते भएका छन् । मुगुस्थित रारा ताल्चा विमानस्थलमा सीता एयरको विमानले ठक्कर दिँदा विमानस्थलका कर्मचारी घाइते भएका हुन् ।

नेपालगञ्जका लागि यात्रु बोकेर उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर विमानले ठक्कर दिँदा विमानस्थलका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइते भामलाई विमानको अघिल्लो भागले ठक्कर दिएको थियो । विमानका पाइलटलाई विमान उडानका लागि संकेत (कम्युनिकेशन) गरिरहेका बेला चालकले बोलाएपछी विमानतर्फ जाँदैगर्दा उनलाई विमानको अघिल्लो भागले ठक्कर दिएको हो । 

विमानले ठक्कर दिएपछि बेहोस भएका भामलाई उपचारका लागि सीता एयरकै विमानमार्फत नेपालगञ्ज लगिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: