×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन अध्ययन समितिको सुझाव, प्रक्रिया अघि बढाउने सरकारको तयारी !

PRIME CA
GLOBAL IME BANK

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन अध्ययन समितिको सुझाव, प्रक्रिया अघि बढाउने सरकारको तयारी !

२० बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटीको संयोजकत्वमा बनेको नयाँ स्टक एक्सचेन्ज अध्ययन समितिले सरकारलाई नयाँ स्टकको लाइसेन्स दिन सुझाव दिएको छ ।  साढे दुई महिना लगाएर गरिएको अध्ययनले सरकारलाई यस्तो सुझाव दिएको हो । सरकारले सो सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाईसकेको छ ।
यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा राजनीतिक दलहरुले अस्वाभाविक बखेडा झिकेपछि सो प्रक्रिया अन्तिम चरणमा आएर रोकिएको थियो । विवाद बढेपछि सरकारले शिवाकोटीको नेतृत्वमा अधिवक्ता सिजन गुरागाईं र सिए सुजनकुमार आचार्यसहित अध्ययन समिति बनाएको थियो ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स पनि दिने र अहिलेको स्टक एक्सचेन्जलाई पनि पुनर्संरचना गरेर लैजानुपर्ने सुझाव सो प्रतिवेदनमा दिईएको छ ।अध्ययन समितिले नयाँ स्टक आवश्यकसहितको प्रतिवेदन बुझाएपछि नयाँ लाइसेन्सका लागि पुनः आवेदन माग गर्ने बाटो खुलेको छ । नियामक धितोपत्र बोर्डले यसको प्रक्रिया सुरु गर्नुपर्छ । तर बोर्ड भने नयाँ अध्यक्ष नआई यसमा हात नहाल्ने मुडमा देखिएको छ । सरकारले भने बोर्डलाई प्रक्रिया अघि बढाउन निर्देशन दिने तयारी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: