×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिको समीक्षाबारे सुवासचन्द्र ढुंगाना- ‘सेयर बजारलाई केही नराम्रो नगर्नू पनि राम्रै गर्नु हो’ 

LAXMI SUNRISE BANK
GLOBAL

मौद्रिक नीतिको समीक्षाबारे सुवासचन्द्र ढुंगाना- ‘सेयर बजारलाई केही नराम्रो नगर्नू पनि राम्रै गर्नु हो’ 

४ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ता सुवासचन्द्र ढुंगानाले मौद्रिक नीतिले सेयर बजारलाई केही नराम्रो नगर्नू पनि राम्रै गर्नु भएको बताएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबारे प्रतिक्रिया दिँदै लगानीकर्ता ढुंगानाले यस्तो बताएका हुन् । 

उनले अरु क्षेत्रहरु राम्रो हुँदै जाँदा पुँजीबजार स्वतः राम्रो हुने बताएका छन् । 

‘जब अर्थतन्त्र चरम निराशामा हुन्छ, सो बेला व्यवसायी र कारोबारीको मनोबल बढाउनको लागि प्रयोग गरिने ठूलो हतियार नै पुँजीबजार हो । अन्तराष्ट्रिय अभ्यासमा पनि यही देखिन्छ ।’, उनले लेखेका छन् । 

त्यस्तै, उनले पुँजीबजारले हरेक कुराहरुको प्रतिक्रिया अगाडि नै देखाउने भएकोले सबै कुरा ठिकठाक भएपछि मात्र सेयर बजार पनि ठिक हुन्छ भन्न नहुने उल्लेख गरेका छन् । 

साथै नेपालको सन्दर्भका विषयमा लेख्दै ढुंगानाले अहिले नेपालको अर्थतन्त्र सुस्ताएको बेला यसलाई चलायमान बनाउन ठूलो रोल खेल्ने एकमात्र औजार पुँजी बजार भएकोले घरजग्गा व्यवसाय र निर्यातित महँगा गाडीहरुलाई महत्व दिनु ठिक नहुने बताएका छन् । 

यद्यपि सजगपूर्वक सुक्ष्म तरिकाले नीतिमा भएको संशोधनलाई सकारात्मक रुपमा लिन सकिने ढुंगानाको भनाई रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी