Skip to content
LAXMI SUNRISE BANK

‘लगानीकर्तामा कन्फिडेन्स छैन, कन्फिडेन्स बढाउन बुल आउनुपर्छ, बुल आयो भने सबै क्षेत्र सुध्रिन्छ’ (सुबासचन्द्र ढुंगाना)

अर्थ सरोकार

काठमाडौँ । सेयर लगानीकर्ता सुबासचन्द्र ढुंगानाले अहिले सेयर लगानीकर्तामा ‘कन्फिडेन्स’ नभएको बताएका छन् । अर्थ सरोकार पोडकास्टमा कुराकानी गर्दै लगानीकर्ता ढुंगानाले यस्तो बताएका हुन् ।

उनले बैंकहरुको ब्याजदर घट्नु, ब्रोकर कमिसन घट्नु, सेयर बजार विरोधि नीति नहुनु तथा नियामक निकाय र स्वयम् सरकार पनि बजारप्रति सकारात्मक भइरहेका बेला बजार नबढ्नुको मुख्य कारण लगानीकर्तामा ‘कन्फिडेन्स’ नहुनु रहेको बताएका छन् । 

‘अहिले सेयर बजारका लगानीकर्तामा कन्फिडेन्स छैन । कन्फिडेन्स बढाउन बजारमैत्री नीति ल्याउनुपर्छ ।’, उनले भने, ‘सेयर बजार अर्थतन्त्रको ऐना हो । सेयर बजारमा सानो भए पनि बुल आयो भने अन्य सबै क्षेत्र सुध्रिन्छ । त्यसैले पनि नियामक निकायले पनि अन्य क्षेत्र सुधार्नका लागि सबैभन्दा पहिला सेयर बजार सुधार्नतर्फ ध्यान केन्द्रित गर्नुपर्छ ।’ 

त्यस्तै, लामो समय बियरिस ट्रेन्डमा रहेको बजारमा ‘डुबिन्छ’ भन्ने डरका कारण लगानीकर्ता बजारमा नछिर्दा बजार चलायमान नभएको ढुंगानाको भनाई छ । त्यसैले अर्थतन्त्र सुधार्ने सपना देखेको सरकारले सबैभन्दा पहिला सेयर बजार सुधार्ने नीति ल्याए अन्य क्षेत्र पनि सुध्रिने बताएका छन् । अर्थतन्त्र र सेयर बजारका बारेमा सुबासचन्द्र ढुंगानासँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK