×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षा मन्त्री सुमनाको सम्पत्तिः नगद झण्डै साढे ६ करोड, सुनचाँदीका गहना १ सय ११ तोला 

LAXMI SUNRISE BANK
GLOBAL

शिक्षा मन्त्री सुमनाको सम्पत्तिः नगद झण्डै साढे ६ करोड, सुनचाँदीका गहना १ सय ११ तोला 

८ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठसँग ६ करोड बढी रकम भएको पाइएको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरण अनुसार मन्त्री श्रेष्ठसँग ६ करोड ४५ लाख ५४ हजार रुपैयाँ रहेको देखिएको हो । 

जसमध्ये १ करोड २५ लाख रुपैयाँ र ३७ लाख रुपैयाँ पारिश्रमिक बापतको रकम र बाँकी रकम बिहेको समयमा श्रीमानको परिवारबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

साथै श्रेष्ठले आफूसँग काभ्रेको रियाले बिहावरमा ९ लाख ९५ हजार रुपैयाँमा ८ रोपनी ६ आना ३० दाम जग्गा खरिद गरेको पनि विवरणमा उल्लेख गरेकी छिन् । 

त्यस्तै, उनीसँग ११ तोला सुनको गरगहना रहेको पनि विवरणमा उल्लेख छ । जसमध्ये १० तोला सुन विवाहमा पाएको र १ तोला सुन हजुरआमाको शेषपछि पाएको भनिएको छ । योसँगै उनीसँग विवाहको समयमा उपहारस्वरुप प्राप्त भएको १०० तोला चाँदीका गहना रहेको पनि विवरणमा उल्लेख छ ।

त्यस्तै, १ सेट हिराको सेट, १ सेट हिराको टप, नबिल बैंकमा ४७९ कित्ता सेयर र विभिन्न ३ कम्पनीमा पनि सेयर रहेको पाइएको छ । योसँगै उनीसँग २० लाख पर्ने १ थान चार पाङ्ग्रे र १ लाख ८५ हजार पर्ने १ थान स्कुटर रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी