Skip to content
LAXMI SUNRISE BANK

सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

अर्थ सरोकार

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ। इन्स्योरेन्सले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले १ः०.२७ को अनुपातमा सेयर जारी गर्न लागेको हो ।

हकप्रद सयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

इन्स्योरेन्सको कार्यलयमा आयोजित कार्यक्रम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK